ताजा समाचार

मिनिस्कर्ट तथा अंगप्रदर्शन गर्दै ‘ग्लामरर्स’ बन्ने युवतीलाई अदालत प्रवेशमा रोक

पोखरा, २३ असार । कास्की जिल्ला अदालतले युवती र महिलालाई अदालतमा सम्वेदनशील अंग देखाउन नपाउने नियम लागू गरेको छ । अदालतभित्र त परै पर्खालभित्र परिसरमा पनि हाफ पाइन्ट, मिनीस्कट, जाँगेलगायतका अंग प्रदर्शन हुने खालका बस्त्र लगाएर भित्र पस्न नपाईने नियम लागू गरेको हो ।

अदालत प्रशासनले त्यस्ता बस्त्र लगाएर आउनेलाई गेटबाटै फर्काउने गरेको छ । कास्की जिल्ला अदालतका सेस्तेदार कृष्णप्रसाद नेपालले अदालतलाई मर्यादित बनाउन आफूहरूले त्यस्तो व्यवस्था गरेको बताए । नेपालले विदेश गएर आएका धेरैले टी–सर्ट, हाफ पाइन्ट, मिनी–स्कर्टमा आउने गरेको बताए ।

‘गाउँबाट कुनै मानिस कछाड बाँधेर आउँछ भने उसले प्रवेश पाउने तर, टीसर्ट र हाप पेन्ट लगाएर अदालतमा आउनेले प्रवेश गर्न पाउने छैन’, उनले भने । ‘हाफ पाइन्ट, जाँगे, मिनिस्कर्ट तथा अंगप्रदर्शन गर्दै ग्लामरर्स बन्न खोज्नेहरूलाई अदालतमा प्रवेश छैन’, उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org