मदन भण्डारी इन्डो नेपाल भलिबल प्रतियोगिता आजदेखि
काठमाडौं । मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री जाने कार्यक्रम तय भए पनि व्यस्त भएपछि अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि बुटवलमा मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु हुन लागेको हो । काठमाडौं बाहिर हालसम्मकै सर्वाधिक पुरस्कार राशीसहितको यो प्रतियोगितामा विदेशी क्लब तथा नेपालको क्लबबाट समेत गरी आठ समूहको सहभागिता रहनेछ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवल –१२ रामनगरस्थित खेलमैदानमा कार्यतालिकाको पहिलो इभेन्ट आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । प्रतियोगिताको विजेताले सात लाख रुपियाँ नगद राशीसहित रनिङशिल्ड प्राप्त गर्नेछ । उपविजेता टिमले नगद तीन लाख ५० हजार, तृतीय टिमले नगद एक लाख ७५ हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधागत रुपमा जनही १० हजार नगद राशी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भारतको गुजरात स्टेट भलिबल एशोसिएशन, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरी आठ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
लिग कम नकआउटका आधारमा पुस २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आकर्षक ट्रफी सार्वजनिक गरिएको छ । एक कार्यक्रमबिच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य लिला गिरी, एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गरेका थिए । १५ केजी तौल भएको ट्रफीमा लुम्बिनी र पर्यटनलाई उजागर गर्नेगरी अशोका स्तम्भ मायादेवी मन्दिर र शान्ति दीपसहित तयार पारिएको छ ।
Comments
अरु समाचार
-
महिला विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ...
-
यू-१९ महिला विश्वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको...
-
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित
काठमाडौँ: कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित भएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद...
-
जय ट्रफी मेन्स एलिट कपको उपाधि पुलिसलाई
काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
काठमाडौं । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ...
-
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि सुरु हुने
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने...
-
मोरङ र झापा खाँदबारीमा जारी तीनपोखरी आमन्त्रण कपको सेमिफाइनल प्रवेश
काठमाडौं । सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली प्रवेश गरेका...
-
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत...
-
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।...