ताजा समाचार

भारतीय नाकामै रोकिए आलु प्याज र पेट्रोल बोकेको ट्रक

काठमाडौं, २५ असार । भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण भारतको भिठ्ठामोड नाकामा मालवाहक ट्रक रोकिएका छन् । भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामाग्री बोकेका २६ ट्रक भिठ्ठामोड नाकामा रोकेका नेपाली व्यापारीहरुले बताएका छन् ।

भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र ३ लाख लिटर डिजल बोकेर आएका १८ वटा ट्याङकर समेत भन्सारमा रोकिएका छन् । यसबारे भारतीय अधिकारीहरुसँग छलफलको लागी पहल भईरहेको नेपाली अधिकारीहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org