ताजा समाचार

संशोधन प्रस्तावमा सहमति जुटाउन बालुवाटारमा प्रमुख तीन दलको बैठक बस्दै

काठमाडौं, २७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलको बैठक बोलाएका छन् । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन तीन दलको बैठक बोलाईएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मुख्य विपक्षी नेकपा एमालेबिच संविधान संशोधनको विषयमा छलफल हुनेछ ।

सत्तारुढ कांग्रेस र माओवादीले आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपा नेपालको माग अनुसार संविधान संशोधन पारित गर्न चाहे पनि एमाले संविधान संशोधनको विपक्षमा छ । प्रधानमन्त्रीले संविधान संशोधन बारे राजापा, राप्रपालगायतका दलसँग छलफल गरिसकेका छन् । देउवा संविधान संशोधनपछि मात्र मन्त्रीपरिषद विस्तार गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने तयारीमा रहेका छन् । निर्वाचन आयोगले साउन १५ गतेदेखि निर्वाचन क्षेत्र निर्धारण गरिसक्न सरकारलाई भनेको छ । तर सरकारले अहिलेसम्म आयोग बनाउन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org