ताजा समाचार

आगलागीमा परेर साउदी अरबमा ११ भारतीय र बंगलादेशी कामदारको मृत्यु

काठमाडौं, २९ असार । साउदी अरबमा आगलागी हुँदा ११ जना आप्रवासी कामदारको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । झ्याल नभएको घरमा आगो लागेको र उनीहरुको निस्सासिएर ज्यान गएको बताइएको छ । ज्यान गुमाउनेहरु बंगलादेश र भारतका रहेका बिबिसीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न त्यहाको सरकारले निर्देशन दिएको छ । साउदी अरबमा आप्रवासी कामदारको सुरक्षा जोखिम रहेको अधिकारकर्मीले बताएका छन् । साउदी अरबमा झण्डै ९० लाख विदेशी कामदार कार्यरत छन् । त्यसमध्ये दक्षिण एशियाका धेरै छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org