ताजा समाचार

२० घण्टादेखि अबरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु, हिजोदेखि रोकिएका सवारी गन्तव्यतर्फ

चितवन, २९ असार । नारायणगढ-मुग्लिन सडकखण्ड २० घण्टापछि सुचारु भएको छ । सुख्खा पहिरोका कारण बुधवार दिउँसो साँढे ३ बजेदेखि बन्द भएको सडक बिहीबार विहान ११ बजेदेखि सुचारु भएको हो । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा गएको सुख्खा पहिरोका कारण सडक अबरुद्ध बनेको थियो ।

सुख्खा पहिरो हटाएपछि दुवैतर्फ नारायणग-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । अहिले दुवैतर्फ रोकिएका हजारौं सवारी पास गराउन सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

दुवै तर्फबाट हिजोदेखि नै आयोजनाका डोजरहरुले पहिरो पन्छाउने काम गरिरहेका छन् । मुग्लिन तर्फबाट २ वटा र नारायणगढ तर्फबाट २ वटा डोजरले पहिरो पन्छाउने काम निरन्तर गरिरहेका छन् । जोखिम क्षेत्रमा फसेका सवारी साधानहरुलाई वान वे वनाएर राती नै सुरक्षित स्थानमा पठाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org