ताजा समाचार

प्रधानमन्त्रीले काठमाडौंका सडक ब्यवस्थित गर्न सचिवहरुसँग छलफल गर्दै, कडा निर्देशनको तयारी

काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडक ब्यवस्थित गर्न सचिवहरुसँग छलफल गर्ने भएका छन् । सडकमा आएको भेलले बगाएर काठमाडौंमा एक बालिकाको ज्यान गएपछि देउवाले सडकको अवस्था सुधार गर्नेबारे सरकारका सचिवहरुसँग छलफल गर्न लागेका हुन् ।

शनिवार राजधानीको ढलले बगाउँदा एक ११ वर्षीया बालिकाको ज्यान गएको थियो । अब्यवस्थित ढल, बाटो विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन महिनौदेखि खनिएका सडकमा भेलले बगाएर नागरिकको ज्यानै गएपछि प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयका सचिवसँग छलफल गर्न गर्दै र्दै कडा निर्देशन दिने तयारी गरेका हुन् ।

बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बैठकमा भौतिक पूर्वाधार तथा यातायात, अर्थ, खानेपानी, उर्जा लगायत मन्त्रालयका सचिवलाई निश्चित समय नै तोकेर त्यो अवधिभित्र काठमाडौ उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डी पुर्न, सडकमा भेल नआउने बनाउन निर्देशन दिने तयारी गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org