ताजा समाचार

चुनाव जितेको खुशीयालीमा एमालेले ओली निवास बालकोटमा ‘केक’ काट्यो

काठमाडौं, १ साउन । स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको खुशीयालीमा एमाले नेताहरुले केक नै काटेर खुशीयाली साटासाट गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी समिति बैठक बस्नुअघि अध्यक्ष ओलीले केक काटेर नेताहरुलाई खुवाएका हुन् ।

केकमा अंग्रेजीमा चुनाव जितेको खुशीयालीमा काट्न ल्याइएको केकमा ‘कंग्रयाचुलेसन फर वीनीङ लोकल इलेक्सन ’ लेखिएको थियो । जसमा सूर्यको भित्र एमालेको लोगो र कम्युनिस्ट पार्टीको झण्डा राखिएको छ ।

एमाले नेताहरुका अनुसार अध्यक्ष केपी शर्मा ओलीको सचिवालय आफैंले केकको व्यवस्था गरेको थियो । एमालेले दुवै चरणको स्थानीय चुनाव जितेर कांग्रेसलाई ४९ सिट पछि पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org