ताजा समाचार

झण्डै १० वर्षपछि माओवादीमा फेरि युद्धकालको सिद्धान्तमा जाने संकेत

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्दैभित्र पार्टीको मुख्य वैचारिक लाईनमा प्रचण्ड पथ राख्ने विषयले फेरि स्थान पाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरुले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो ।

तत्कालीन नेकपा माओबादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’ लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेका थियो । २०६५ सालमा तत्कालीन नेकपा (एकता केन्द्र मसाल) संग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org