ताजा समाचार

काठमाडौंमै बसेर कर्णालीको दुर्गम भत्ता असुल्छनमा तल्लिन पदाधिकारी


जुम्ला, ६ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए ।

अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमाडौं तर्फ लागेको एक साता नबित्दैं रजिस्ट्रार विश्वराज काफ्ले पनि एकेडेमि डिन प्राधयापक डा. मोदनाग मराठलाई लिएर जग्गा प्राप्तिको निहुँमा काठमाडौतर्फै लागे । तर, प्रतिष्ठानलाई जग्गा प्राप्त भएन ।

प्रतिष्ठानका जग्गा प्राप्तिका लागि आएको ९७ लाख रुपैयाँ फिज भयो । विभिन्न बहानामा प्रतिष्ठानका पदाधिकारी काठमाडौंमा केन्द्रित भएपछि जुम्ला शिक्षण अस्पताल पदाधिकारीविहीन भएको खबर आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org