ताजा समाचार

पहिरोमा पुरिएर ४ बर्षीया छोरीको मृत्यु, आमाबुवा गम्भिर घाइते


डोटी, ६ साउन । अबिरल वर्षाका कारण पहिरोले घर भत्काउँदा डोटीमा एक बालिकाको ज्यान गएको छ । बिहीबार राति आएको पहिरामा परी सायल गाउँपालिका १ बिनेबडाका हरिमल भुलको घर भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको घटनास्थलमै ज्यान गएको हो ।

घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर घाइते भएका स्थानीयले बताएका छन् । घरमा सबै सुतिरहेका बेला मध्यरातमा घरमाथिबाट पहिरो आउँदा घर भत्किएपछि उक्त घटना भएको हो । घर भत्कँदा घरपालुवा पशु चौपाया सबै च्यापिएर मरेको स्थानीय प्रेमबहादुर नेपालीले जानकारी दिएका छन् ।

सिकिस्त घाइते हरिमल भुल र उनकी श्रीमति जमुनालाई स्थानीयबासीहरुको सहयोगमा उचारका लागि कैलालीको धनगढी लगिएको छ । भुलका एक छोरा र एक छोरी भने सकुशल छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org