ताजा समाचार

काँग्रेस बैठकमा देउवा र पौडेललाई भारतीय नांगा बाबा भनेपछि…

काठमाडौं, ८ साउन । कांग्रेस केन्द्रीय समिति बैठकमा रोचक पक्ष देखिएको छ। बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले बाबाको प्रसंग झिक्दै सभापति देउवा र नेता पौडेललाई सचेत गराए । विद्यार्थीकालमा बाबाको दर्शनका लागि भारत जाँदा बाबाका रक्षकले ढोग्न नदिएको, तर पैसा दिएपछि पुनः ढोग्न दिएको कथा भने ।

भक्तजनसँग यसरी पैसा लिन थालेपछि मानिस दर्शनका लागि जान छोड्दा बाबा तथा उनका रक्षक दुवैको आर्थिक स्रोत सुकेको भन्दै देउवा र पौडेललाई सचेत गराए । ‘तपार्इंहरू दुईजना बाबाजस्तै हुनुहुन्छ । तपाईंहरूको दर्शन गर्न जाँदा दर्शन गराइदिन्छु भन्दै परिक्रमा गर्नेहरू पनि छन्, तपाईंहरू पनि त्यस्तै बाबा बन्नबाट बच्नुहोला,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भीष्मराजले भने, नांगेझार पारिदिनुभयो
केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले टिकट लिन बोलाएर नेताहरूले नांगेझार बनाइदिएको आरोप लगाए । ‘टिकट लिन बोलाउनुभयो, तर अन्तिम अवस्थामा टिकट दिएर नांगेझार पारिदिनुभयो,’ उनले भने, ‘कम्तीमा सर्ट र पाइन्ट लगाउने समय त दिनुपथ्र्यो । अन्तिममा टिकट दिएर नांगेझार पारिदिनुभयो । ढिला हुँदा चुनाव पनि हार्ने अवस्था आयो ।’ मीनले भने, ‘५० मिनेटको निर्णयले पाँच वर्ष गुम्यो ।’

केन्द्रीय सदस्य मीन विश्वकर्माले ५० मिनेटमा टिकट दिने निर्णयले जितेर पाँच वर्षसम्म शासन गर्ने अवसर छिनिदिएको आरोप लगाए । ‘मलाई सम्झाउन फलानालाई टिकट दिन्छु भन्नुभयो, तर ५० मिनेटको समयमा निर्णय गरेर टिकट दिँदा पाँच वर्षसम्म शासन गर्ने उम्मेदवार जिताउन नसक्ने अवस्था आयो,’ उनले भने ।

महाराज भन्न सक्दैनौँः धनराज
तपाईंहरू हात्ती चढ्दै हिँड्ने महाराज र हामी त्यसको पछाडि फोहोरमा हिँड्नेजस्ता हुन पुग्यौँ । अब हामी राणाकालमा जस्तो महाराज सबै कुरा ठीक भन्न सक्दैनौँ ।

प्रधानमन्त्रीज्यू सुरक्षाका लागि निवेदन दिऊँः बलबहादुर केसी
केन्द्रीय सदस्य बलहादुर केसीले सोलुखुम्बू जिल्लामा आफ्नो ज्यानलाई असुरक्षा बढेको भन्दै चिन्ता जनाए । ‘जिल्लामा मेरो ज्यानको असुरक्षा छ । मेरो सुरक्षाका लागि प्रधानमन्त्रीलाई निवेदन दिऊँ कि के गरौँ ?’ केसीले भने, ‘म एउटा सांसद सुरक्षित हुन पाउँछु कि पाउँदिनँ ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org