ताजा समाचार

के तपाई कसैलाई दुःख दिने नियतले मुद्दा दर्ता गर्दै हुनुहुन्छ ? नगर्नुहोस्, क्षतिपूर्ति तिर्नुपर्ला’

काठमाडौं, १० साउन । के तपाईले कसैलाई अनावश्यक दुःख दिने नियतले मुद्धा दर्ता गराउँदै हुनुहुन्छ ? सावधान तपाईले नै क्षतिपूर्ति तिर्नुपर्ला । अनावश्यक र झुट्टा मुद्दा सिर्जना गरी पक्षहरुलाई अनावश्यक दुःख दिईरहनुभएको भए तपाई कारबाहीमा पर्न सक्नुहुन्छ। अनावश्यक दुःख दिने उदेश्यले मुद्दा दायर भएको ठहर भएमा अदालतले तपाईको अर्को पक्षलाई परेको आर्थिक भार तपाईबाटै असुल गर्न आदेश दिन सक्नेछ।

क्षतिपूर्तिसम्वनधी छुट्टै कानुनी व्यवस्था नभए पनि सर्वोच्च अदालतले नियमावलीले अदालतले क्षतिपूर्ति भराउन सक्ने व्यवस्था गरेको छ । सर्वोच्च अदालत नियमावली २०४९ खारेज गरी फुलकोर्टले सोमबार नयाँ नियमावली पारित गरेको छ।

कसैले मुद्दा दायर गरेका कारण अर्को पक्षको हानी भएको तथा थप आर्थिक भार पर्न गएमा मुद्दा दायर गर्ने पक्षबाट अदालतले क्षतिपूर्ति भराउन सक्ने व्यवस्था नियमावलीले गरेको छ। तर, अनावश्यक वा झुट्टा मुद्दा सिर्जना भएको ठहर हुनुपर्नेछ । नियमावलीले क्षतिपूर्ति भराउने व्यवस्था गरे पनि अहिलेसम्म क्षतिपूर्तिसम्वन्धी कानुनी व्यवस्था नभएकाले तत्काल सबै प्रकृतिका मुद्दामा क्षतिपूर्ति भराउने व्यवस्था कार्यान्वयनमा आउने छैन ।

नियमावलीले मुख्य रजिष्ट्रारलाई न्यायिक अधिकार पनि दिएको छ। पहिलो पटक व्यवस्था भएको मुख्य रजिष्ट्रारको भूमिका प्रशासनिक काम कारबाहीसहित अदालतबाट फैसला भएका मुद्दामा आदेशानुसार गरिपाउँ लगायतका फुटकर निवेदनमा स्वयंम आदेश गर्न सक्ने अधिकार दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org