काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित ‘चीन नेपाल मिडिया सम्मेलन २०२४’ यही असोज १० गते काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुड ल्यान्डमा सञ्चालन हुने भएको छ ।
विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस सम्मेलनको यो तेस्रो संस्करण हो । चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित रहने यस सम्मेलनको मुल नारा ‘आपसी सहयोग र जितको सहकार्य’ रहेको छ ।
सम्मेलनमा चीन र नेपालका अधिकारी, मिडियाकर्मी, विशेषज्ञ र विद्वानहरूले संवाद र मन्तव्यहरू पस्कने छन् । कार्यक्रममा मिडिया एकीकरण, नवीनतम विकास, अन्तर्राष्ट्रिय सहयोग र अन्य विषयहरूमा गहिरो छलफलहरू हुने छन् । साथै दक्षिण एसियाली मिडियाको भविष्य र यसको विकासका लागि संयुक्त रूपमा सुझावहरू आदान प्रदान गरिनेछ ।
तेस्रो चिन नेपाल मिडिया सम्मेलन २०२४ को अवसरमा चिनिया समाचार एजेन्सी सिन्ह्वा, सिसि टिभी, तिब्बत मिडिया ग्रुप लगायत नेपालमा रहेका ३० भन्दा बढी चिनियाँ संस्था, उद्यम र कम्पनीहरू सहभागी हुने छन् भने नेपालतर्फबाट राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन,कान्तिपुर, जनआस्था, देश सञ्चार अनलाइन र मिडिया लगायत ५० भन्द बढि नेपाली मूलधारका मिडियाहरूको उपस्थिति रहने छ ।
सम्मेलनमा नयाँ चीनको स्थापना भएको ७५ औँ वार्षिकोत्सव पनि मनाइने छ । ७५ वर्षको यात्रामा, चीनले आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ, जसले विश्वलाई आकर्षित गरेको छ । यस सन्दर्भमा चीनको विकास र लक्ष्यबारे वृत्तचित्र पनि प्रसारण गरिने छ ।
चीन र नेपालबिचको मिडिया सहकार्य, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा थप सहकार्यले हामीलाई चीन(नेपाल सम्बन्धको कथाहरू सुनाउन र मित्रताको आवाज फैलाउन अझै विस्तृत प्लेटफर्म प्रदान गर्नेछ ।
कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्विसुब्बा गुरुङ, नेपालका निम्ति चिनिया राजदूत महामहिम छन् सोङ विभिन्न राजनीतिकर्मी लगायतको उपस्थिति रहने छ । चीन र नेपालबिचको सहयोगले अझ ठुलो परिणाम हासिल गर्ने र ठुलो योगदान दिनेछ भन्ने विश्वासका साथ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौँ ।
Comments
अरु समाचार
-
राष्ट्रपति भेट्न शीतल निवास पुगे दाहाल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। राष्ट्रपति...
-
वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्धत छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ। हालै सम्पन्न सचिवालय...
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल...
-
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ, जसमा प्रमुख एजेन्डा संक्रमणकालीन न्याय हुने बताइएको छ। राजसंस्था...
-
पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् । अहिले पूर्वराजा...
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...