सञ्जय पण्डितको निधन भएको २ सातामै पत्नी कञ्चनले पण्डितको नासो पनि गुमाईन्
प्यूठान, ११ साउन । ‘हुने हार दैबले नि टार’ भन्ने प्रचलित उखान उनलाई सामान्य जस्तै लाग्थ्यो । आफुले त्यक्ति धेरै पीडा र वियोग नदेखेकि र नभोगेकाले पनि उनलाई यो उखान सामान्य जस्तै लाग्थ्यो । तर जब अमेरिककाको सबैभन्दा खतरानाक हिमाल चढ्ने क्रममा आरोही सञ्जय पण्डितको ज्यान गयो, तब उनकी श्रीमती कञ्चनले उखानको यर्थातता बुझिन् ।
असार २ गते अमेरिकाको आलस्का हिलाल आरोहण गर्ने क्रममा ज्यान गुमाएपछि पण्डितकी श्रीमती कञ्चनलाई दैवले नचिताएको पीडा दियो । कञ्चनले दुई दिनपछि पतीको निधनको खबर सुनिन् । सामान्यतया हिमाल आरोहण गर्न जाँदा सधै चिन्तामा रहने कञ्चन र पण्डितका आमाबुवालाई नसोचेको र नचिताएको जस्तै भयो । सञ्जय हरेक पटक हिमाल आरोहणमा जाँदा बुबाआमा र पत्नी कञ्चनको मुटु झस्कन्थ्यो ।
दोस्रो पटक सगरमाथाको सफल आरोहणपछि उनले अब हिमाल नचढ्न सुझाव पनि दिएकी थिइन् । तर, सञ्जयले मानेन् । उनी भन्थे, मानिस जन्म पछि पक्कै मर्छ, तर आफ्नो(आफ्नो ठाँऊ र देशको नाम राखेर मर्न डराउनु हुँदैन । सगरमाथाले मेरो शीर राख्यो, अव देशको नाम राख्न सात महादेशका उच्च हिमश्रृंखला चढ्छु ।’
यो पटक अन्तिम हिमाल यात्रा भनेपछि रोक्न सकिनन् । तर, त्यही अन्तिम हिमाल आराहणले कञ्चन र पण्डित परिवारमा अकल्पनीय त्रासदी आइलाग्यो । सञ्जयले सात महादेशका सात ‘डरलाग्दा’ हिमाल आरोहणको क्रममा गत असार २ गते अमेरिकाको आलस्कामा ज्यान गुमाए ।
उनीहरुको डेढ वर्षअघि मात्र विवाह गरेका थिए । त्यसमाथि उनी गर्भवती थिइन् । हरेक पल पतिको साथ चाहिने बेलामा सञ्जयले संसार नै नै छाडेको सुन्दा कञ्चन आफूलाई कसरी सम्हालिन् कल्पना गर्न पनि गाह्रो हुन्छन् । उनी अहिले त्यो क्षण सम्झन पनि सक्दिनन् । तर, कञ्चनको दुःख त्यतिमा सकिएन । पतिवियोगले विछिप्त कञ्चन १४ असारमा सुत्केरी भइन् । उनले छोराको जन्म दिइन् । सञ्चयलाई गुमाउँदाको पीडाकाबीच उनको ‘नासो’ छोराको जन्मले उनको घाउमा मलहम लगाउने काम गर्यो ।
तर, दुर्भाग्य कञ्चनले असार २२ गते छोरालाई पनि गुमाइन् । स्वास प्रस्वाससम्वन्धी समस्याका कारण उनको छोराको निधन भयो । अर्थात १५ दिनको अन्तरमा उनले पति र पुत्र बियोग सहनुपर्यो । ‘जीवन सबैले बाँचेका हुन्छन्, फरक यत्ति हो मैले सामान्य बाँचिन’ उनले भनिन्, ‘सबैले साथ दिए, अन्तिममा दैवले धोका दियो ।’ मंगलबार कञ्चनले नै सञ्जयको पार्थिव शरीरमा दाववत्ति दिइन् । उनी भन्छिन्, अन्तिममा आएर आज जीवनबाट हार खाँए तर सञ्जय पण्डितको पत्नी हुनुमा गर्व छ ।’
यसअघिका यात्रामा सञ्जयलाई नेपाल सरकार लगायत विभिन्न निकायहरुले सहयोग गर्दै आएका थिए । ‘करिव ७० लाख लाग्दो रहेछ अमेरिकाको हिमाल चढ्न’, आमा पावर्ताले भनिन्, ‘माइतीको पेवा सम्पत्ति बैंकमा ४० लाख ऋणमा राखेर पठाएकी हुँ ।’ पहिलेको गौमुखी विकास बैंक अहिलेको साइन रेसुङ्गा बैंकमा अझै ३१ लाख ऋण रहेको बताइन् ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












