कोटेश्वरमा ६ लेनको सडक हुँदा पनि यतिधेरै ट्राफिक जाम किन ?
काठमाडौं, १३ साउन । काठमाडौं प्रवेशको एउटा प्रमुख नाका कोटेश्वरमा दिनहुँ बिहान-बेलुकी कार्यालय समयमा लामो समय ट्राफिक जाम हुँदा कर्मचारी, यात्रुलगायत सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । ६ लेनको सडकखण्ड हुँदा पनि ट्राफिक जाम किन हुन्छ र कसरी हटाउने भन्नेबारे कसैले चासो लिएका छैनन् ।
ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर क्षेत्रमा मात्र ५१ जना ट्राफिक प्रहरी खटाएको छ । तापनि, जाम भने जस्ताको त्यस्तै रहेको सवारीचालकदेखि यात्रुसम्म बताउँछन् । जामको मुख्य कारण कोटेश्वरबाट धुलिखेल-सिन्धुली-बर्दिबास हुँदै पूर्व जाने लामो दूरीका सवारीसाधन हुन् । बर्दिबास भएर चल्ने सबैजसो सवारीसाधनलाई कोटेश्वरको ‘रुट परमिट’ दिइएको छ । महाशाखाका अनुसार ४० रुटका सवारीसाधन कोटेश्वर रुट भएर चल्छन् । तर, कोटेश्वरमा सवारी पार्किङ वा बसपार्क छैन । लामो दूरीका सवारीसाधनसमेत सबैले सडकमै पार्किङ गर्छन् ।
महाशाखाले यातायात व्यवस्था विभागको समन्वयमा लामो रुटका बसलाई गोंगबु बसपार्कबाटै सञ्चालन गर्नुपर्ने निर्णय गरायो । तर, उक्त निर्णय अझै पूर्ण कार्यान्वयन भएको छैन । लामो दूरीका बस चाबहिल, गौशाला, साँखु, जोरपाटीबाट अहिले पनि चलिरहेका छन् । यी सबै सवारीसाधन कोटेश्वर भएरै गुड्छन् ।
पछिल्लो समय कोटेश्वरमा सवारी चाप पहिलेभन्दा दोब्बर भएको छ । काठमाडौं भित्रिने अर्को प्रमुख नाका नागढुंगा हो । तथ्यांक हेर्दा पछिल्लो समय नागढुंगाभन्दा कोटेश्वरबाट भित्रिने र बाहिरिने सवारीसाधनको संख्या दोब्बरजस्तै बढेको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले कोटेश्वरमा ट्राफिक जाम बढ्नुको मुख्य कारण सवारीसाधनको बढ्दो चाप भएको बताए । उनले भने, ‘कोटेश्वरमा ट्राफिक जाम बढेको यथार्थ हो, म आफैं पनि त्यसको एउटा भुक्तभोगी हुँ । जाम व्यवस्थापन गराउन कोटेश्वरबाहिर पूर्वतिर एउटा पार्किङ बनाउने गृहकार्यमा जुटेका छौं । फ्लाइओभर बनाउन सके अहिलेको समस्या समाधान हुन्थ्यो ।’ पाण्डेले ट्राफिक जाम व्यवस्थापन गराउनकै लागि ‘अफिस आवर’मा कोटेश्वर रुटमा ट्रक, टिपर चलाउन बन्द गरिएको बताए । जथाभावी रुट वितरण सम्बन्धमा भने उनले केही बताउन चाहेनन्।
ट्राफिक प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले सवारीसाधनलाई जथाभावी रुट परमिट दिएकै कारण जाम बढेको आरोप लगाए । उनले भने, ‘अवैज्ञानिक रूपमा वितरण गरिएको रुट परमिटले सवारी चाप बढेको देखिन्छ, त्यसलाई व्यवस्थित गराउन सबैभन्दा पहिले यातायात व्यवस्था विभागको ध्यान जान आवश्यक छ ।’
Comments
अरु समाचार
-
बाढी-पहिरोजन्य विपद्का सम्बन्धमा सर्वदलीय बैठकका यस्ता छन् निर्णयहरु
काठमाडौँ, १३ असोजः अविरल वर्षाका कारण गएको बाढीपहिराले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुलाई सम्बन्धित जिल्ला विपद्...
-
नेप्से परिसूचक २२ अङ्कको गिरावट, कारोबार रकम तिन महिना यताकै न्यून
काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि...
-
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना बेपत्ता र ७६ जना घाइते
काठमाडौं । बिहीबारदेखि देशभर परिरहेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना...
-
संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग
काठामाडौं । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको...
-
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला : आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने...
-
तामाकोसी जलविद्युत् आयोजनाको पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा...