ताजा समाचार

साढे ३३ किलो सुनकाण्डका आरोपी एसएसपी श्याम खत्री साधारण तारेखमा रिहा

काठमाडौं, १५ साउन । साढे ३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार खत्रीलाई साधारण तारेखमा छाड्न आदेश दिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

काठमाडौं जिल्ला अदालतको आदेश बेरीतपूर्वक भएको भन्दै खत्री मुलुकी ऐन अदालती बन्दोबस्त १७ नम्बरअनुसार उच्च अदालतमा निवेदन लिएर पुगेका थिए । खत्रीसहित सुन प्रकरणमा मुछिएका गोपालबहादुर शाही, रामहरि कार्की, राजकुमार ढकाललगायतले पनि पुरनावेदन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org