ताजा समाचार

फेवातालमा जीप खस्दा १ जनाको ज्यान गयो

पोखरा, १५ साउन । पोखराको सेदीबगरमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । लेखनाथ महानगरपालिका–२६ सेदी बगरमा गएराति ग १ य ८७९ नम्बरको जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । पर्यटकीय स्थल पामेबाट पोखरा फर्कंने क्रममा जीप सेदी बगर नजिकबाट तल फेवातालमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भोजपुर दमना गाउँपालिका घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटना भएलगत्तै पुगेको प्रहरीको टोलीले उद्धार गरेर उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाने क्रममा उनको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ भने ३ जना सामान्य छन् । गम्भीर घाइते भोजपुर घर भई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० बुद्धचोक बस्ने विष्णु राई र सोही स्थान बस्ने भक्तबहादुर राईको पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलको आईसियुमा राखेर उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते ३ जनाको पनि फिस्टेल हस्पिटलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org