ताजा समाचार

गुडविल फाइनान्सको नाफा ९ करोड ६० लाख, अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत बढी


काठमाडौं, १८ साउन । गुडविल फाइनान्सको नाफा ९ करोड ६० लाख भएको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त खुद नाफा कमाएको हो ।

कम्पनीले अघिल्लो बर्षको तुलनामा ८० प्रतिशत भन्दा बढी नाफा आर्जन गरेको हो । उसले अघिल्लो बर्ष ५ करोड ८६ लाख खुदनाफा आर्जन गरेको थियो । ४ अर्ब ६५ करोड निक्षेप संकलनगरी ३ अर्ब ७१ करोड कर्जा प्रबाह गरेको कम्पनीले यस अबधीमा खुद व्याज आम्दानी १५ करोड ४४ लाख रुपैयाँ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org