कडा सुरक्षाकाबीच भरतपुर १९ मा पुनः मतदान सुरु, मतदाताहरु छाता ओढेर मतदानमा सहभागी
भरतपुर, २० साउन । भरतपुर महानगर वडा नम्बर १९ मा उच्च सुरक्षाबीच पुनः मतदान सुरु भएको छ । वडा नम्बर १९ मा ३ हजार ८ सय ९७ मतदाता छन् । यसअघि २ हजार ८ सय ९७ मत खसेको थियो । वडा नम्वर १९ मा ३ वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेका छन् । आजको चुनावको लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । एउटा वडामा मात्रै एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१, सशस्त्र प्रहरीका २९७ जना परिचालन गरिएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको एसपी थापाले बताए । गएको जेठ १४ गते राती गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले गएको शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज चुनाव हुन लागेको हो ।
बिहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । प्रत्येक मतदानस्थलमा सुरक्षाकर्मी पहिलेको तुलनामा ज्यादै बढी परिचालन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीनै मतदानस्थललाई ‘अति संवेदनशील’ मानेर उच्च सुरक्षा दिइएको बताए । “मतदाताले निर्धक्क भएर मताधिकार प्रयोग गर्न सक्नेछन्”, उनले भने, “जिल्लाभरिकै सुरक्षा त्यहीं केन्द्रित छ ।” उनले मतदान गर्न आउने मतदातालाई पानी परेमा पनि सहजरुपमा मतदान गर्न मिल्ने गरी टेण्टको व्यवस्था मिलाइएको बताए ।
पुनः भइरहेको मतदानमा वर्षाका कारण छाता ओढेर सर्वसाधरण मतदानमा सहभागी भएका छन्। मतदाता विहान ६ बजेदेखि नै लाइनमा बसेका छन्। “विशेष परिस्थितिमा पुनःमतदान हुँदैछ”, उनले भने, “सम्भावित सुरक्षा चुनौतीप्रति सजग छौँ, सुरक्षामा कुनै कमी हुने छैन ।” जिल्ला सुरक्षा समितिले सबै बुथलाई अति संवेदनशील मानेर सोहीअनुसार सुरक्षा रणनीति बनाएको छ ।
भरतपुर–१९ मा कांग्रेसका कर्णबहादुर गुरुङ, एमालेका प्रकाश तामाङ, माओवादी केन्द्रका खड्कबहादुर गुरुङ वडाध्यक्षका उम्मेद्वार छन् । भरतपुर वडा नम्बर २० को मतगणना गर्न बाँकी नै छ । भरतपुर महानगरको मेयरमा कांग्रेसको समर्थनमा माओवादीकी रेणु दाहाल, एमालेका देवी ज्ञवाली छन् ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...