नारायणगढ-मुग्लिन सडकमा सवारी चलाउन रोक, नवलपरासीको दाउन्नेमा पहिरो जाँदा सडक अबरुद्ध
नवलपरासी, २० साउन । नवलपरासीको दाउन्नेमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले दाउन्नेको एस मोडमा गएराति ठूलो पहिरो गएको हो । पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बर्दघाट प्रहरीले जनाएको छ । पहिरो हटाई यातायात सुचारु गराउनका लागि रातिदेखि नै सडक डिभिजन कार्यालयको डोजरले काम गरे पनि पानी परिरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तरगत दाउन्नेमा रहेको प्रहरी बिटदेखि करिब ५० मिटर पश्चिमको भागमा वर्षाको कारण पहिरो खस्दा यातायात अबरुद्ध भएको हो । बिहीबार राति साढे १२ बजेतिर पहिरो खसेपछि सवारी साधन तथा यात्रुहरु ८ घन्टादेखि अलपत्र छन् ।
नारायणगढ-मुग्लिन सडकखण्डमा गाडी चलाउन रोकः
यस्तै विभिन्न ठाउँमा ठूलो पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्डमा गाडी चलाउन रोक लगाइएको छ । मुग्लिनदेखि गाईघाटसम्म १० ठाउँमा ठूलो पहिरो खसेको तथा केही ठाउँमा सडक नै बगाएकाले गाडी चलाउन रोक लगाइएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ ।
बिहीबार बेलुकी एक घण्टा एकतर्फी खुलाएर बाटोमा रोकिएका गाडी पठाएपछि जोखिम रहेको भन्दै अरु गाडी चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ । अहिले पनि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको चितवन प्रहरीले जनाएको छ । सबैतिरको पहिरो पन्छाएपछि मात्र गाडी चल्न दिईनेछ ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...