ताजा समाचार

डा. गोविन्द केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा


काठमाडौं, २१ साउन । १३ दिनदेखि आमरण अनसनरत प्रा. डा. गोविन्द केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएकी छन् ।

डा. केसीको समर्थनमा शनिबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश कार्की पनि सहभागी भएकी हुन् । ‘म केसीसँगै छु’ भन्ने ब्यानर बोकेर उनी प्रदर्शनमा सहभागी भएकी हुन् । प्रदर्शनमा मानवअधिकारकर्मी कृष्ण पहाडी, सुवोधराज प्याबुरेल लगायत पनि सहभागी छन् ।
चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै डा। केसी आमरण अनसनमा बसेका छन् । शुक्रबार मात्र प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेर डा. केसीलाई अनसन तोड्न आग्रह समेत गरेको थियो । तर केसीले माग पुरा नहुन्जेलसम्म अनसन नतोड्ने दोहोराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org