ताजा समाचार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् ।

राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा आज मध्यान्ह दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१९ आलानगरका ३९ बर्षीय लोक बहादुर वंशी मगरको मृत्यु भएको हो । गम्भीर घाइते वंशी मगरलाई अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विपरीत दिशाबाट आइरहेका भे ७ प ४३४० नम्बरको मोटरसाइकल र अर्को एक मोटरसाइकल ठोक्किँदा राप्तीसोनारी–६ छट्क पुर बस्ने २९ बर्षीय राधेश्याम थारु घाइते भएका छन् ।

थारुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै जना मोटरसाइकल चालक हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org