ताजा समाचार

गाडीले किचेर भागेपछि बसन्तको हालतः कुरुवा र पैसाको अभावमा उपचारमा रोक !

काठमाडौं, २३ साउन । राष्ट्रिय ट्रमा सेन्टरको पाँचौ तलामा रहेको वार्डको कुनातिरको बेडमा सुतिरहेका बसन्त बुढाथोकी कोही नयाँ मान्छे आयो कि चलमलाउँछन् । कतै मेरा कोही आफन्त आए कि भन्ने उनको आश हुन्छ । पाँचथर हात्तीपोखरीबा ३७ बर्षीय उनलाई २ महिनाअघि चाल्नाखेलमा गाडीले ठक्कर दिएपछि अस्पताल ल्याईए ।

हिँडिरहेको बेला उनलाई गाडीले ठक्कर दियो । गाडी भाग्यो । बेहोस उनलाई प्रहरीले वीर अस्पताल ल्याईपुर्याए । गाडीको ठक्करपछि उनी हिंड्न सक्दैनन् । दुवै खुट्टाको भर छैन । आफन्त अभावमा उपचार हुन सकेको छैन । चिकित्सकले सल्यक्रिया गर्नुपर्छ भनेको भनेका थिए । कुरुवा र पैसाको अभावमा उपचार हुनै नसकेको खबर आजको नागरिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org