ताजा समाचार

गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीद्धारा नेपालीमाथि अत्याचार

काठमाडौं, २५ साउन । भारतीय प्रहरीले गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा १ नेपालीलाई पक्राउ गरेको छ । उपचार तथा अन्य कामको लागि भारत गएका दुई नेपालीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग गरेको भन्दै भारतीय प्रहरीले इलामको सूर्योदय नगरपालिका १० निवासी २७ वर्षीय उदयहाङ फागो र एक भारतीय नागरिक नितेन क्षेत्रीलाई पक्राउ गरेको हो ।

आमाको उपचार गर्न सिलिगुढी पुगेका फागोलाई सिलिगुढी महानगरको प्रहरीले पक्राउ गरेको हो । बिरामी आमाको पेटको उपचार गराउन सिलिगुढीस्थित क्लिनिकमा पुगेका फागोलाई त्यहीँबाटै प्रहरीले पक्राउ गरेको हो । जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जीलिङको सुकुनामा भएको झडपमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोर्खाल्याण्ड आन्दोलनमा सहभागी नभएका उनलार्इ विनाकारण पक्राउ गरेर भारतीय प्रहरीले अत्याचार गरेको उनकी दिदी साधना फागोले बताईन् । उनले तत्काल विनाशर्त भाईको रिहाईको माग समेत गरेकी छन् । उदयहाङलाई भेट्न गएका परिवारका सदस्यलाई सम्पर्क गर्न पनि नदिएको दाजु शरन फागोले बताए ।

पक्राउ परेका उदयहाङलार्इ नेपाली भएको प्रमाण पेश गर्न भनिएको छ। प्रहरीले उनीविरूद्ध मंगलबार पाँचवटा मुद्दा लगाएर अदालतमा पेश गरेको छ । उनलाई हतियार बोकेर सरकारी काम रोकेको, सरकारी सम्पति नष्ट गरेकोलगायतका मुद्दा लगाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org