ताजा समाचार

प्रधानमन्त्री र मन्त्रीहरु चाउँचाउँ बिस्कुटसहितका राहत सामाग्री बोकेर बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाँदै

काठमाडौं, ३० साउन । प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जादैँछन् । मध्य र पुर्बि तराइ क्षेत्रको स्थलगत अवलोकनमा जान लागेका हुन् । बाढी पीडितका लागि राहत सामाग्रीसहित प्रधानमन्त्री र गृहमन्त्री मध्यान्ह १२ बजे स्थलगत अवलोकनमा निस्कन लागेका हुन् ।

बिपद ब्यवस्थापनको दोस्रो चरण अन्तर्गत बाढी तथा पहिरो पीडितका लागि राहत सामाग्री वितरण गरिने भएको छ । राहत खाधान्न (ड्राइफुड) र पानी बोकेर हेटौडाबाट केही बेरमा नेपाली सेनाको हेलिकोप्टर रौतहतको गौर र गरुडा जाँनेछ ।

प्रभावित सबै जिल्लामा पनि प्रभावितलार्इ आज बिहानैदेखि सरकारी तथा निजी क्षेत्रका ट्रकमार्फत र जान नसकिने स्थानमा हेलि मार्फत खाधान्न (ड्राइफुड) र पानी बितरण गरिने गृहमन्त्रालयले जनाएको छ ।

त्यसको लागि जिल्ला प्रशासन कार्यालयहरु झापा, मकवानपुर, बाँके, चितवनले खाद्यान्न प्याकिङ्ग गरिरहेका छन् । खाद्यान्नको लागि भन्दै गृह मन्त्रालयले १ करोड ९८ लाख रकम जिल्लामा पठाइसकेको छ ।

खाद्यान्न, राहत, थप खोज, क्षति मुल्याङकन तथा प्रतक्ष्य अवलोकनका लागि सबै मन्त्रालयका मन्त्री (एक टिममा कम्तीमा ३ जना) पर्ने गरि ६ वटा टिम प्रभावित क्षेत्रहरुमा जाँदैछन् । उनीहरु पनि साथमा राहत समाग्री पनि लिएर जानेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org