ताजा समाचार

भ्रष्टाचारीलाई पनि चुनाव लड्न दिनुपर्ने कांग्रेसको अडान

काठमाडौं, १२ भदौ । संविधानसभाका लागि भएका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेद्वार बन्न बर्जित गरिएको थियो । तर, त्यही कानुन अनुसार निर्वाचित (संविधानसभाबाट रुपान्तरित) संसदको एक समिति भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ । सबै उम्मेद्वार अस्वीकार गर्न सक्ने (नो भोट) व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमति भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने मुख्य सत्तारुढ दल कांग्रेस अलमलिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कांग्रेसका १९ जना सांसदले राखेको एकल र संयुक्त संसोधनमा अदालतले तोकेको सजाय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेद्वार बन्न पाउनुपर्ने उल्लेख छ । समिति सचिवालका अनुसार विधेयकमा परेका संसोधन र विवादित अधिकांश विषयमा सहमति जुटे पनि भ्रष्टाचारको अभियोगमा जेल सजाय भुक्तान गरेका राजनीतिकर्मीलाई चुनाव लड्ने बाटो खोल्नेरनखोल्ने विषयमा सत्तापक्ष अनिर्णित हुँदा विधेयक अघि बढ्न नसकेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org