ताजा समाचार

आफ्नै घरमा विद्युत् चुहिएर करेन्ट लाग्दा एक सैनिक जवानको ज्यान गयो

सिन्धुपाल्चोक, १२ भदौ । सिन्धुपाल्चोकमा करेन्ट लागेर नेपाली सेनाको एक जवानको ज्यान गएको छ । जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका जवान शिवराम चौलागार्इंको ज्यान गएको हो ।

अछामको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

चौलागाईंको शव मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराई आफन्तलाई जिम्मा लगाइएको छ । शव परीक्षणपश्चात् आफन्तले जिम्मा लिएपछि मेलम्चीमा दाहसंस्कार गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org