रौतहटमा सेफटी ट्याङ्कीमा निस्सासिएर घरबेटीसहित तीनजनाको मृत्यु
रौतहट, ११ असोज । रौतहटमा सेफटी ट्याङ्कीमा निस्सासिएर तीन जनाको ज्यान गएको छ । यमुनामाई गाउँपालिका १ सुकदेवचोकमा नयाँ घर निर्माण भइरहेका बेला सेफ्टी ट्याङकीमा निस्सासिएर घरबेटीसहित दुई कामदारको ज्यान गएको हो । सेफटी ट्याङ्की सफा गर्ने क्रममा घरबेटी परोहा नगरपालिका २ का ३५ वर्षका अजय कुमार बैठा, परोहा १ बस्ने ३१ वर्षका विजय बैठा, देवाहीगुनाही नगरपालिकाका ३० वर्षका नागेश्वर माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।
अजय कुमार बैठा आफ्नो घरमा निर्माणाधिन शौचालयको ढलान पछिको काठ हटाउन विजय र नागेश्वरसँग ट्यांकीभित्र छिरेका थिए । ट्यांकी भित्र पसेका विजय बैठा र नागेश्वर माझी धेरैबेरसम्म बाहिर ननिस्किएपछि घरपट्टी अजय बैठा पनि ट्यांकी भित्र पसेका थिए । तीनै जनाको ट्यांकी भित्र बेहोस भएको भन्ने हल्ला भएपछि प्रहरीले उद्धार गर्न खोजेको थियो तर ट्यांकी भित्र पसेको प्रहरी नै निस्सासीन थालेपछि डोजरको मद्दतले पर्खाल भत्काएर तीन जनालाई बाहिर निकालिएको थियो ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइए पनि चिकित्सकहरुले मृत घोषित गरेका थिए । तिनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । ट्यांकी भित्र पसेका तिनै जनाको अक्सीजनको कमी भएर निस्सासीएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Comments
अरु समाचार
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो...
-
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
काठमाडौँ, ११ असोजः जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च...
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
आज विश्व पर्यटन दिवस: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...