ताजा समाचार

बिरामीपक्षबाटै असुरक्षित भएको भन्दै हेल्मेट लगाएर चिकित्सक उपचारमा

काठमाडौं, १९ असोज । चिकित्सकले हेल्मेटर लगाएर बिरामीको उपचार गर्न थालेका छन् । सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका हुन् । चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन् । सरकार र नेपाल मेडिकल एसोसिएसन (एनएमए­) बीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै लामो समयदेखि आन्दोलित चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए ।

सेवा ठप्प पार्दा बिरामी नै मर्कामा परेको भन्दै उनीहरू काममा फर्किए पनि आन्दोलन जारी रहेको घोषणा गरेका थिए । वीर अस्पतालमा कार्यरत डा. कालुसिंह खत्रीले उपचारका क्रममा बिरामीपक्षबाटै असुरक्षित भएको र सुरक्षा दिन सरकारले चासो नलिएकाले आफूहरूले हेल्मेट लगाएर उपचार गर्न थालेको बताए । ‘हामीले प्राप्त गरेको ज्ञान र सीपका आधारमा बिरामीको उपचार गर्ने हो । उपचार प्रक्रिया सतप्रतिशत सफल हुन्छ भन्ने कुनै निश्चितता हुन्न । हामीले जहिले पनि आफूले गर्न सक्ने सबै प्रयास गरेका हुन्छौं । तैपनि हामीमाथि लापरबाही गरेको आरोप लाग्छ । गल्ती नभए पनि हामीमाथि पनि आक्रमण हुन्छु, डा. खत्रीले भने ।

एकीकृत आन्दोलन सञ्चालन गर्न युवा चिकित्सक संलग्न ११ वटा संस्थाले ‘टास्क फोर्सु समेत गठन गरेका छन् । सरकार/एनएमए सम्झौता अस्पष्ट भएको भन्दै उनीहरूले आन्दोलनरत विभिन्न संघ संस्थाबीच पर्याप्त छलफलपछि मात्र सरकारसँग सम्झौता हुनुपर्ने माग गरेका छन् । युवा चिकित्सकको विकासमा बाधा पुग्ने गरी चिकित्सकको सेवानिवृत्त हुने उमेर ६५ वर्ष पुर्‍याउने सम्झौता खारेज गर्नुपर्ने उनीहरूको माग छ । माग पूरा गर्न सरकारले आलटाल गरेको भन्दै उनीहरूले आन्दोलनको स्वरुप परिवर्तन गरेर कालोपट्टि बाँधेर हेल्मेट लगाई सेवा दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org