ताजा समाचार

गौचनको हत्यापछि गृहमन्त्रीविरुद्ध नाराबाजी, जनार्दनको राजीनामा माग

काठमाडौं, २३ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदशृन गरिएको छ । निर्माण व्यवसायी र आफन्तले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

सिभिल अस्पताल अगाडिको सडकमा जम्मा भएकाहरुले गृहमन्त्री जनार्दन शर्माविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने, हत्यारालाई पक्राउ गर्नुपर्ने लगायतका माग गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org