ताजा समाचार

गौचनको हत्यामा संलग्न रहेको आरोपमा पेस्तोल र गोलीसहित तीन जना पक्राउ (नामसहित)

काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ,सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जनाएको छ । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिए । उनीहरुलाई बौद्ध जोरपाटीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org