बाम गठबन्धनमा सांसद बाँडफाँडको तयारी, कुन प्रदेशमा कसलाई कति ?
काठमाडौं, २४ असोज । आसन्न प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच ६० र ४० को सहमति छ । त्यहीअनुरुप निर्वाचन क्षेत्र वाँडफाँडको काम भईरहेको छ । निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित समितिले गहन छलफल गरिरहेको छ । तर अहिलेसम्म यस विषयमा सहमति हुन सकेको छैन । अहिलेसम्मको छलफल र गृहकार्य अनुसार माओवादी केन्द्रले प्रतिनिधी सभामा ५६ सीट पाउने देखिएको छ ।
नेकपा एमालेले भने ८० देखि ९० सीट पाउने छ । केन्द्रमा रहेका कुल १६५ सीट मध्ये वाम गठबन्धनमा आउने अन्य शक्ति र नयाँ शक्तिलाई सीट छुट्याएपछि वाँकी रहेकोबाट एमाले र माओवादीबीच ६० र ४० अनुपातमा सीट वाँडफाँड गर्नै सहमति भएको थियो । उक्त सहमति अनुसार माओवादीले केन्द्रमा ५६ सीट पाउने देखिएको हो ।
अहिलेसम्म चलिरहेको छलफलका आधारमा ७ वटै प्रदेशमा माओवादी र एमालेवीच ‘बार्गेनिङ’ चलिरहेको छ । यो सहमति अन्तिम भने होईन् । अहिले दलहरुबीच सीटको बाँडफाँट सम्बन्धी बहस चलिरहेको छ ।
प्रदेश १ मा कस्ले कति ?
प्रदेश १ मा प्रतिनिधिसभातर्फ माओवादीले बढीमा ५ सीट पाउने सम्भावना देखिएको छ । यद्यपि उसले ८ सीटसम्म दाबी गरेको छ । प्रदेश १ का २८ सीटमध्ये झापामा १, मोरङमा २ र उदयपुरमा १ सीट माओवादीले पाउने सम्भावना बढी छ । त्यस्तै सोलुखुम्बु, भोजपुर, खोटाङ र सुनसरीको एउटा सीटमा पनि दाबी गरेको छ । यीमध्ये बढीमा दुई सीट माओवादीलाई दिएर प्रदेशसभा बढी लिने गरी सहमतिको प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ ।
प्रदेश २ को लागि यस्तो छ बार्गेनिङः
प्रदेश २ का ३२ मध्ये माओवादीलाई १६ सीट छाड्न एमाले तयार भइसकेको छ । यो चुनावमा स्थानीय चुनावमा वडाको मतका आधारमा एमाले र माओवादीले बराबरी जितेका छन् भने लोकप्रिय मतमा एमाले केही मतले अगाडि छ ।
प्रदेश २ अन्तर्गत एमालेले सप्तरीमा माओवादीलाई २ सीट छाड्नेछ । बाँकी २ मध्ये एक सीटमा मधेसवादी दलका नेता मोहम्मद इस्लामलाई छाडेर एमाले एक सीटमा लड्न सक्ने सम्भावना छ । सिरहामा माओवादीले ३ सीट दाबी गरेको छ । भने एमालेले दुई/दुई सीट बाँड्ने प्रस्ताव राखेको छ । धनुषामा एमाले र माओवादीले दुई/दुई सीट बाँड्ने तयारी गरेका छन् भने महोत्तरीमा माओवादीले ३ र एमालेले १ सिट पाउने सम्भावना छ ।
सर्लाही, रौतहट, बारा र पर्सामा दुई/दुई सीट बाँड्ने अनौपचारिक सहमति भएको छ । यद्यपि माओवादीले रौतहटमा पनि तीन सीट दाबी गरेको छ । यहाँ स्थानीय तहको चुनावमा एमाले पराजित भएको थियो । प्रदेश २ मा माओवादीले १७ सीट पाउने सम्भावना छ । एमालेले आफ्नो कोटाबाट राजपाका अर्का नेतालाई सूर्य चिन्हबाट लडाउने गरी १४ सिटमात्रै लिने तयारी गरेको छ ।
प्रदेश ३ माः
प्रदेश ३ का ३३ निर्वाचन क्षेत्रमध्ये माओवादीले १२ सीट दाबी गरेको छ, जसमा सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, काभ्रे र ललितपुरमा माओवादीले एक/एक सिट पाउनेछन् । त्यस्तै रामेछापमा पनि प्रतिनिधिसभाको सिट माओवादीले पाउने भएको छ ।
काठमाडौंमा माओवादीले खासै धेरै सीटमा रुची देखाएको छैन । उसले बढीमा ३ सीटसम्म पाउन सक्ने सम्भावना रहेको छ । दोलखा, भक्तपुर र रसुवामा माओवादीले प्रतिनिधिसभामा दाबी गरेको छैन । प्रदेश ३ मा माओवादीले १२ सीट पाउने सम्भावना छ ।
प्रदेश ४ः
प्रदेश ४ मा प्रतिनिधिसभाका १६ सिटमध्ये माओवादीले ७ सिट दावी गरेको छ । तर, स्थानीय तहको चुनावको परिणाम र सांगठनिक अवस्था हेर्दा माओवादीलाई बढीमा ४ सिट भन्दा छाड्न नसकिने निष्कर्षमा एमाले नेताहरु छन् । माओवादीले गोरखाका दुबै सीट दाबी गरेको छ ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् । अहिले यो सबैभन्दा पेचिलो विषय बनेको छ कार्यदलमा । माओवादी कायकर्ताहरु सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामप्रति असाध्यै नकारात्मक देखिएका छन् । माओवादीलाई गोरखा, तनहँ र बाग्लुङमा एक/एक सीट दिन एमाले सहमत भएको छ ।
माओवादी नेता देव गुरुङले इच्छा व्यक्त गरेकाले एमालेका पृथ्वीसुब्बा गुरुङ सहमत भएमा माओवादीले लमजुङ पाउनेछ । कास्की र स्याङ्जामा भने माओवादीको जित्न सक्ने मत नभएकाले त्यहाँ दावी नगरेको एमाले नेता बताउँछन् । यद्यपि देव गुरुङले कास्की १ बाट चुनाव लड्ने रुची देखाएका छन् ।
मनाङ र मुस्ताङमा माओवादीको उपस्थिति कमजोर रहेकाले उसले म्याग्दीको प्रतिनिधिसभाको सीट दावी गरेको छ । सम्भवतः माओवादीले गोरखा, तनहुँ, लमजुङ, बाग्लुङ र म्याग्दी समेत गरी ५ सीट पाउने एमाले नेता बताउँछन् ।
प्रदेश ५ः
प्रतिनिधिसभामा २६ सीट रहेको प्रदेश नम्बर ५ मा माओवादी र एमालेमात्र होइन, राजापाका विद्रोही नेतालाई पनि सीट बाँडफाँड गरिँदैछ, जसमा हृदयेश त्रिपाठी नेतृत्वका चार राजपा नेताले चार सीट पाउनेछन् । उनीहरु सूर्य चिन्हबाट लड्ने निश्चित भइसकेको छ । बाँकी रहेका २२ सिटमध्ये माओवादीले नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ र बर्दियामा एक/एक सीट पाउने एमाले नेता बताउँछन् ।
त्यस्तै अर्घाखाँची, रोल्पा र रुकुमका तीनै सीट माओवादीले पाउने सम्भावना छ । प्युठानमा मसाललाई छाड्ने वा वामदेव गौतम लडेको खण्डमा एमालेले पाउने भन्ने टुंगो छैन । त्यहाँ माओवादीले पनि मणि थापाका लागि दाबी पेश गरेको छ । प्रदेश नम्बर ५ मा माओवादी र राजपाका विद्रोही नेताले लिएर बाँकी रहेका १४ वा १५ सीटमा एमाले लड्ने जनाईएको छ ।
प्रदेश ६ः
स्थानीय तहको मत परिणामका आधारमा एमालेभन्दा केही मतले मात्रै पछि परेको माओवादीले प्रदेश ६ मा आधा अर्थात ५० प्रतिशत सिट दाबी गरेको छ । प्रदेश ६ का १२ सीटमध्ये माओवादीले सल्यान, रुकुम, जाजरकोट, कालिकोट र जुम्ला पाउनेछन् ।
माओवादी तर्फबाट हुम्ला र सुर्खेतको २ नम्बर क्षेत्र पनि दावी पेश भएको छ । यीमध्ये दुवै सिट माओवादीले पाएमा एमालेले १२ मध्ये ५ सिटमा मात्रै प्रतिनिधिसभा सदस्य उम्मेदवार उठाउनेछ । तर, उसले सुर्खेतका दुवै सीटमा दाबी गरेको छ ।
प्रदेश ७ः
प्रदेश ७ मा प्रतिनिधिसभा १६ सीटमध्ये एमाले र माओवादीबीच कतिकति बाँड्ने भन्ने बारेमा कार्यदलमा छलफल भइसकेको छैन । माओवादीले कैलालीमा ५ मध्ये २ र कञ्चनपुरमा ३ मध्ये एक सिट पाउने अनौपचारिक सहमति भएको छ । त्यस्तै वैतडी, दार्चुला र डडेल्धुराका तीन सीटमध्ये माओवादीले एउटा र एमालेले दुई सिट पाउने सम्भावना छ ।
डोटी, बझाङ र बाजुरा एमालेले दाबी गरेको छ । अछाममा एक/एक सीट बाँड्ने सम्भावना रहेको छ । यस हिसावले माओवादीले ७ नम्बर प्रदेशका १६ मध्ये ५ सिट पाउनेछ । तर, माओवादी पक्षबाट भने १६ मध्ये कम्तिमा ६ सीट दावी पेश भएको छ ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...