ताजा समाचार

देउवाद्धारा फेरि छैठौं पटक मन्त्रिपरिषद् विस्तार, कमल थापा बने उपप्रधानमन्त्री

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । देउवाले सरकारमा एक उपप्रधान सहित तीन मन्त्री र ४ राज्यमन्त्री थपेका हुन् ।

राप्रपाबाट जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org