ताजा समाचार

वाम गठबन्धनबाट बाहिरएका बाबुरामलाई गोरखामा कांग्रेसले सघाउने, बदलामा बाबुरामले के दिए ?

 

काठमाडौं, २९ असोज । गोरखामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल हुने भएको छ । वाम गठबन्धनबाट बाहिरिएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र नेपाली कांग्रेसबीच गोरखामा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

शनिबार बालुवाटारमा भएको सहमतिअनुसार गोरखा २ नम्बर क्षेत्रबाट कांग्रेसले बाबुराम भट्टराईलाई सहयोग गर्नेछ भने १ नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्नेछ । गोरखामा प्रदेश सभामा पनि दुई पार्टीबीच तालमेल हुने सहमति भएको कांग्रेस नेता चिनकाजी श्रेष्ठले जानकारी दिए । ‘गोरखा–२ को एउटा प्रदेशसभा सदस्यमा कांग्रेस उठ्ने सहमति भएको छ भने गोरखा –१ का दुबै प्रदेश सभा सदस्यमा नयाँशक्तिले कांग्रेसलाई सघाउने छ’, श्रेष्ठले भने।

गोरखा –१ बाट श्रेष्ठ केन्द्रीय संसदका लागि आफैं चुनाव लड्दै छन् । गोरखाबाट प्रतिनिधि तथा प्रदेशसभामा टिकटका आकांक्षी कतिपय नेताले भने यो तालमेलप्रति असन्तुष्टि जनाएका छन्। ‘वाम गठबन्धनमा सहभागी भएका भट्टराईलाई माओवादी र एमालेले गोरखाबाट टिकट दिन नमानेपछि उनी गठबन्धनबाट बाहिरिएका थिए।

भट्टराई दुबै संविधानसभामा निर्वार्चित भएको गोरखा– २ बाट यसपालि माओवादी–एमाले गठबन्धनको उम्मेदवारका रुपमा नारायणकाजी श्रेष्ठ उठ्ने भएका छन्। वाम गठबन्धनले नारायणकाजीलाई उठाएपछि भट्टराईलाई नउठ्न दबाब दिँदै आएका थिए । अन्ततः भट्टराई गठबन्धनबाट बाहिरिर काँग्रेसको शरणमा पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org