ताजा समाचार

माओवादी सरकारबाट बाहिरिँदा कमल थापा फाईदामा, भन्छन्, ‘गृहमन्त्रीको कुर्सी चाहियो’

काठमाडौं, ३१ असोज । माओवादी केन्द्र वर्तमान शेरबहादुर देउवा सरकारबाट बाहिरिएको छ । एमालेसँग चुनावी तालमेल गर्न वाम गठबन्धन बनाएको माओवादी केन्द्रले सरकारसँग आफ्नोबारे आधिकारिक जवाफ मागेको थियो । मंगलबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा देउवाले माओवादी सरकारमा बस्नुको कुनै औचित्य नहुने बताएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।

माओवादी सरकारबाट बाहिरिँदा यसको फाईदा राप्रपा अध्यक्ष कमला थापालाई देखिएको छ । थापाले अब गृहमन्त्रीको दाबी गरिरहेका छन् । यसअघि माओवादी केन्द्रका नेता जनार्दन शर्माले गृहमन्त्रालय सम्हालिरहेका थिए ।

शनिबार उपप्रधानमन्त्री तथा बिना विभागीय मन्त्रीका रुपमा समथ लिएका थापाले आज माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै गृहमन्त्रीको दाबी गरेका हुन्। ‘माओवादीले सम्हालेका मन्त्रालयहरुबाटै जिम्मेवारी लिने कुरा भएको छ,’ थापासँगै बिना विभागीय मन्त्रीको सपथ लिएका दिलनाथ गिरीले भने, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति र हाम्रो पार्टी अध्यक्ष बसेर छिट्टै मन्त्रालयको जिम्मेवारी टुंगो लगाउनुहुन्छ।’

माओवादी सरकारबाट बाहिरिएसँगै गृह, परराष्ट्र, ऊर्जा, सहरी विकास, स्वास्थ्य, आपूर्ति लगायतका मन्त्रालय खाली हुनेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरी बिना विभागीय मन्त्री बनाउने तयारी थालेपछि माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो। अब यसको सबैभन्दा बढी फाईदा राप्रपा अध्यक्ष थापाले लिने देखिएको छ । उनले देउवालाई घुर्की लगाउँदै गृहमन्त्री पाउनुपर्ने माग गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org