ताजा समाचार

आयोगबाट गोप्य सूचना आएपछि माओवादी सरकारबाट बाहिरिने निर्णयबाट ‘ब्याक’ हट्यो

काठमाडौं, ३१ असोज । माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि माओवादी केन्द्र तत्काल सरकारबाट फिर्ता नहुने भएको हो । निर्वाचन आयोगबाट आएको गोप्य सूचनाको आधारमा आजै सरकारबाट बाहिरिने बताईरहेको माओवादी आफ्नो निर्णयबाट ब्याक हटेको हो । गृहमन्त्री जनार्दन शर्माले सरकारबाट बाहिरिने माओवादीको तयारी तत्काल कार्यान्वयनमा नआउने बताएका छन्।

सरकारले निर्वाचन सार्ने तयारी गरेको आरोप लगाउँदै शर्माले माओवादी तत्काल सरकार नबाहिरिने बताएका हुन् । ‘निर्वाचन सार्न सरकारले प्रपन्च गरिरहेको जानकारी हामीले निर्वाचन आयोगबाट थाहा पायौं,’ गृहमन्त्री शर्माले भने, ‘सरकारबाट बाहिरिनेबारे पार्टी अध्यक्ष पुष्पकमल दाहालले ड्राफ्ट तयार पारेर छलफल गरिरहँदा आयोगबाट यस्तो सूचना आएको हो।’

आवश्यकताअनुसार सरकारबाट हट्न सक्ने सम्भावना भने यथावत रहने उनले बताए। माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग हात मिलाएर वाम एकता तथा चुनावी तालमेल गर्ने सहमती गरेपछि सत्तागठबन्धनमा खटबट सुरु भएको हो ।

प्रधानमन्त्री देउवाले सरकारमा बस्नुको कुनै अर्थ नभएको भन्दै तत्काल सरकारबाट बाहिरिन वा विनाविभागीय मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयारीमा बस्न माओवादीलाई भनेका थिए । देउवाको त्यसको भनाईपछि सरकारबाट आजै बाहिरिने बताएको माओवादी अन्ततः ब्याक हटेको हो । माओवादी तत्काल सरकारबाट नहट्ने बरु विना विभागीयमै भएपनि सरकारमै बस्ने निर्णयमा पुगेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org