ताजा समाचार

अन्ततः माओवादी मन्त्रीको जिम्मेवारी खोसियो, कमल थापा उर्जामन्त्री, गृह शेरबहादुरकै जिम्मा

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गरेका छन् । राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गर्दै माओवादी मन्त्रीलाई विनाविभागीय मन्त्रीमा राखेका हुन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्रीले आफैं राखेका छन् ।

मंगलबार अपराहृन माओवादीका मन्त्रीहरूलार्इ जिम्मेवारीबाट हटाएर राप्रपाका नयाँ मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको हो । शनिबार सपथ ग्रहण गरेका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् । संवैधानिक अडचनका कारण सीधै हटाउन नमिलेपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका ९ मन्त्री र ९ राज्यमन्त्रीलाई ‘बिनाविभागीय’ बनाएका हुन् ।

संविधानमा सम्बन्धित दलको सिफारिस या सल्लाहमा मात्रै मन्त्री हटाउन सकिने व्यवस्था छ । प्रधानमन्त्री देउवाले नेकपा संयुक्तबाट जनसंख्या तथा वातावरणमन्त्री रहेकी मिथिला चौधरीलाई भने बिनाविभागीय बनाएका छैनन् । नेकपा संयुक्त पार्टी माओवादी केन्द्रमा विलय भइसकेको छ । अब उनी माओवादी केन्द्रकी मन्त्री हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org