ताजा समाचार

डीआईजी रमेश खरेल राष्ट्रसंघबाट राजीनामा दिएर स्वदेश फर्किंदै

काठमाडौं, ५ कात्तिक । नेपाल प्रहरीका डीआईजी रमेश खरेल राष्ट्रसंघबाट राजीनामा दिएर स्वदेश फर्किने भएका छ । १८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किन लागेका हुन् ।

खरेल सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी) मा पी(४ अधिकृतका रुपमा कार्यरत थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उनी त्यहाँ गएका थिए । यसबीचमा नायब महानिरीक्षक (डीआईजी) बढुवामा परिसकेका छन् ।

फेसबुक स्टाटसमार्फत् डीआईजी खरेलले राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् । उक्त जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतहरुलाई ‘कमान्ड’ गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् ।

दुई वर्षका लागि उक्त जिम्मेवारी पाएका खरेल १८ महिनामै स्वदेश फर्किन लागेका हुन् । उनले अब स्वदेश फर्किएर सुडानमा सिकेका कुरा कार्यान्वयनमा ल्याउने बताएका छन् । अवधि बाँकी छँदै खरेलले राजनीमा दिनुमा प्रहरीको भावी नेतृत्वको दौडका रुपमा अर्थ्याइएको छ । ३० वर्षे सेवा अवधिको हद कायमै रहे हालका महानिरीक्षक प्रकास अर्यालसहित उनको ब्याचका सबै अधिकृत आगामी २९ चैतदेखि अनिवार्य अवकाशमा पर्नेछन् । त्यसपछि प्रहरीको नेतृत्व खरेलकै ब्याचको हातमा आउने छ । उनीसहित सर्वेन्द्र खनाल, पुष्कर कार्कीलगायत अधिकृत भावी महानिरीक्षकको उम्मेदवार बन्ने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org