ताजा समाचार

श्रीमतीसँग भिडियो कल गरेको पाचँ लिम्बुको खुशी लुटियो, मलेसियामा श्रीमानको मृत्यु

काठमाडौं, ५ कात्तिक । मलेसियामा एक नेपालीको ज्यान गएको छ । आइतबार विहान करिव साढे ८ वजेतिर तेह्रथुम जन्म घर भएपनि मोरगमा बस्दै आएका चन्द्रबहादुर लिम्वुको ज्यान गएको हो । केही दिनदेखि बिरामी रहेका चन्द्रलाई दुई दिनसम्म अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार मात्र डीचार्ज भएर होस्टेलमा फर्किएका थिए ।

आइतबार बिहान आफैले जाउलो बनाएर खाएर नेपालमा श्रीमतीलाई भिडियो कल गरेर सोमबार काठमाडौं लिन आउनु भन्दै कुराकानी गरेका थिए । कुराकानी नटुगिदै कल काटिएपछि पुन श्रीमतीको भिडियो कल आइरहँदा उनले मुखवाट फिज निकालिसकेका थिए । के भयो, के भयो भन्दा भन्दै उनको मुत्यु भइसकेको सोही कम्पनीमा कार्यरत गंगाराम जैसीले बताए ।

शवलाई पोस्टमार्टको लागि स्थानीय केलाग अस्पतालमा लगिएको छ । सेक्यूरिटी कम्पनीमा कार्यरत लिम्वु करिव ४४ वर्षका हुन् । परिवारलाई खवर कसरी गर्ने र के भनेर यस्तो खवर दिने भनेर उनका साथीहरु निकै अन्योलमा परिरहेका छन् । सोही कम्पनीमा कार्यरत अर्का एक नेपालीको पनि तीन हप्ता अगाडि मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org