ताजा समाचार

वाम-गठबन्धले प्यूठान छाडेपछि मोहनविक्रम सिंहकी कान्छी श्रीमतीलाई टिकट

काठमाडौं, ६ कात्तिक । वाम-गठबन्धनले प्यूठान छोड्न मानेपछि नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहकी श्रीमतीले टिकट पाउने भएकी छन् । मोहनविक्रमकी कान्छी श्रीमती दुर्गा पौडेल सिंहले टिकट पाउने भएकी हुन् । पुराना कम्न्युष्टि नेता सिंहको लागि प्यूठान जिल्ला छोड्ने एमाले र माओवादी गठबन्धनबीच सहमति भएको थियो । वाम-गठबन्धनले सिंहबाहेक अरुलाई सघाउन नसकिने बताउँदै आएका थिए ।

गठबन्धनको माग बमोजिम सिंहले आफु नभई कान्छी श्रीमतीलाई उठाएका हुन् । बाग्लुङका प्रतिनिधि सभाका दुवै सिट एमाले माओवादी गठबन्धनलाई छाड्नमा राष्ट्रिय जनमोर्चा सहमत भएपछि सिंह पत्नीलाई प्यूठान छोडिएको गठबन्धनले जनाएको छ । प्रदेशसभाको लागि भने गठबन्धनले प्यूठानका दुई क्षेत्रबाट उम्मेदवार उठाउने छन् । प्यूठानबाट नेपाली काँग्रेसले भने पुर्ननिर्माण प्राधिकरणका सिईओ डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org