ताजा समाचार

‘बिना विभागीय’ बनेपछि माओवादी मन्त्रीहरु पहिलो पटक सिंहदरबारमा

काठमाडौं, ६ कात्तिक । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा बिना विभागीय मन्त्रीहरु पनि सहभागि भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिना विभागीय बनाउँदै जिम्मेवारी खोसेका माओवादी मन्त्रीहरू सोमबारको मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् ।

माओवादी मन्त्रीहरू टेकबहादुर बस्नेत, प्रभु शाह र सन्तकुमार थारु मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन्। माओवादीबाट सरकारको नेतृत्व गरेका कृष्णबहादुर महरा र यसअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका जनार्दन शर्मा भने मन्त्रिपरिषद बैठकमा गएनन् ।

सरकारमा हाल माओवादीका ९ मन्त्री रहेका छन्। गत असोज ३१ गते सरकारबाट बाहिरिने तयारी गरेपनि अन्तिम समयमा माओवादी मन्त्रीहरू चुनाव सार्ने चलखेल भएको भन्दै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए। प्रधानमन्त्री देउवाले पछिल्लोपटक गत असोज २९ गते राप्रपाबाट मन्त्री थप्दै सरकार विस्तार गरेका थिए।

हाल माओवादीले जिम्मेवारी सम्हालेका कतिपय मन्त्रालय राप्रपाका मन्त्रीहरूले सम्हालिरहेका छन्। माओवादी मन्त्रीहरू बिना विभागीय बनाइएपछि सिंहदरबार भने जाने गरेका छैनन्। तर मन्त्रिपरिषद् बैठकमा भने आज तीन मन्त्री सहभागी भएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org