ताजा समाचार

प्रतिनिधिसभामा ३२३ र प्रदेशसभामा ४८४ उम्मेदवार (जिल्लागत सूचीसहित)

काठमाडौं, ६ कात्तिक । आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि र प्रदेश सभाका लागि विभिन्न दलहरुले आइतबार उत्साहपूर्णरुपमा मनोनयन दर्ता गराएका छन् । हिमाली भेगका ३२ जिल्लाहरुमा भएको उम्मेदवारी दर्तामा प्रतिनिधिसभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जना गरी ८०७ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको ३७ सिटका लागि ३२३ र प्रदेशसभाका ७४ सिटका लागि ४८४ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारविरुद्ध उजुरी दिन आज मंगलबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।

उजुरीमाथि भोलि उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ८ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org