ताजा समाचार

बालकृष्ण ढुंगेललाई पक्राउ नगरेको भन्दै आइजीपी प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

 

काठमाडौं, ७ कात्तिक । सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद फैसला गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई विपक्षी बनाउँदै मंगलबार सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका हुन्।

मुद्दामा न्याय प्रशासन ऐन २०७३ दफा १७ अनुसार महानिरीक्षक अर्याललाई हदै सम्मको कारबाहीको माग गरिएको छ। यदी दोषी ठहरिएमा अदालतको आदेश अवहेलना गरेको आरोपमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

सर्वोच्चले सजायँको फैसला गरेपछि पनि प्रहरीले पक्राउ गरि फैसला कार्यान्वन नगरेको भन्दै पक्राउ गरि प्रक्रिया अघि बढाउनु पर्ने त्रिपाठीको रिटमा भनिएको छ । यसका साथै रिटमा ढुंगेललाई पक्राउ गर्नको लागि विशेष कार्यदल गठन गरि हरेक २४ घण्टामा पक्राउ प्रयासबारे अदालतलाई जानकारी गराउन पनि माग गरिएको छ। उज्वन श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई सर्वोच्चले जन्मकैद फैसला गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org