ताजा समाचार

राप्रपा राष्ट्रवादीकी नेतृ तथा निवर्तमान सांसद राज्यलक्ष्मी श्रेष्ठ कांग्रेसमा प्रवेश

नुवाकोट, ८ कात्तिक । एकीकृत राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी श्रेष्ठ पार्टी परित्याग गर्दै काँग्रेसमा प्रवेश गरेकी हुन् । उनले उम्मेदवारी फिर्ता लिएर अर्जुन नरसिंह केसीलाई समर्थन गर्ने प्रतिबद्धता जनाएकी छन् ।

बुधवार सदरमुकाम विदुरमा आयोजित पत्रकार सम्मेलनमा एराप्रपा राष्ट्रवादीकी नेतृ श्रेष्ठले आफूले उम्मेदवारी फिर्ता लिइसकेको र आजैका मितिवाट नुवाकोटका सबैक्षेत्रमा कांग्रेसलाई जिताउन क्रियाशील रहने प्रतिवद्धता जनाइन ।

विशेष गरी नुवाकोटको विदुर नगर क्षेत्रमा लोकप्रिय मानिने नेतृ श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाको तर्फवाट विदुर नगरपालिकामा उपमेयरको उम्मेदवार बनेकी थिइन् । २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट राप्रपाको सांसद बनेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org