ताजा समाचार

दीपक मनाङेलाई समर्थन गर्दै एमाले आधिकारिक उम्मेदवारको उम्मेदवारी फिर्ता

मनाङ, ८ कात्तिक । मनाङमा दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेको तर्फबाट आधिकारिक उम्मेदवार मानिएकी खण्ड लामाले अन्ततः उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेश सभा ‘ख’ का लागि एमालेबाट टिकट पाएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

एमालेबाट टिकट नपाएपछि प्रदेश नम्बर ‘ख’ बाटै दीपक मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । एमालेबाट आधिकारिक रुपमा पाएको उम्मेदवारी फिर्ता लिएपछि खण्ड लामाले दीपक मनाङेलाई सघाउने लगभग पक्का भएको छ ।
मनाङमा प्रतिनिधिसभाका लागि कांग्रेसबाट टेकबहादुर गुरुङ, एमालेबाट पोल्देन छोपाङ गुरुङको उम्मेदवारी दर्ता भएको छ । दुई निर्वाचन क्षेत्र रहेको मनाङमा प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसबाट चिन्तबहादुर घले, एमोलबाट दोर्जे डेण्डुल गुरुङ चुनाव लड्दै छन् ।

यसैगरी प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट कर्म गुरुङ चुनावी मैदानमा छन् । एमालेबाट टिकट पाएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिएसंगै अब कांग्रेसका उम्मेदवार गुरुङ र स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजिव गुरुङबीच चुनावी प्रतिष्पर्धा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org