ताजा समाचार

सिन्धुपाल्चोकका युवा उद्यमी श्रेष्ठ नयाँ शक्तिमा प्रवेश

काठमाडौं । सिन्धुपाल्चोकका युवा उद्यमी राम श्रेष्ठ नयाँ शक्ति नेपाल पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्यमी श्रेष्ठलाई पार्टी कार्यालय बबरमहलमा एक कार्यक्रम गरी  अविर र खादा लगाएर पार्टी प्रवेश गराए ।
आफू पनि उद्यमी भएको र डा. बाबुराम भट्टराईले अघि सारेको एजेण्डा पनि आर्थिक विकासकै रहेका कारण नयाँ शक्तिमा प्रवेश गरेको उद्यमी श्रेष्ठको भनाई उदृद गर्दै नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष श्यामबाबु गौतममले न्युज–नेपाललाई जानकारी दिए । उद्यमी श्रेष्ठले आर्थिक विकासमा जोड दिएका बाबुरामका निम्ति बाँकी जीवन समर्पित गर्न तयार रहेको अध्यक्ष गौतमले जानकारी गराए ।   उद्यमी श्रेष्ठले  लालुपाते फाइनान्स, त्रिपुरा हलेसी इन्ड्रष्टीज्, प्राइम फाइनान्स वाइन सप लगायत उद्यमको सञ्चालन गर्दे आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org