म्याङलुङ सडक ६ महिनापछि सञ्चालनमा
आठराई, तेह्रथुम, ११ कात्तिक। वर्षाले अवरुद्ध तेह्रथुमको पूर्वी संक्रान्ति–म्याङलुङ सडक खण्ड छ महिनापछि सञ्चालनमा आएको छ ।
सवारीसाधन सञ्चालनमा आएपछि आठराई क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ ।
वर्षाका कारण सडकको विभिन्न खण्डमा पहिरो र खाल्डाखुल्डी भएका कारण सवारी साधन सञ्चालनमा गत जेठ महिनाबाट समस्या भएको थियो ।
सडक अवरुद्ध हँुदा आठराईवासी सात जिल्ला घुमेर यातायातका साधनबाट सदरमुकामको यात्रा गर्न बाध्य थिए ।
जिल्लाका स्थानीय तहले आ–आफ्ना क्षेत्रका सडक खुलाउन सडक मर्मतमा खर्च गरेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो ।
चाडबाडका बेला यात्रुलाई आवतजावतका लागि सहज होस् भनेर सडक मर्मत गरिए पनि अहिले मात्र संक्रान्ति–म्याङलुङ सडक सञ्चालनमा आएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।
वर्षाले अवरुद्ध ६८ किलोमिटर आठराई संक्रान्ति–म्याङलुङ सडक सञ्चालनमा आएपछि साना सवारीसाधन समेत आवतजावत गर्नसक्ने सुनसरी यातायत संघ आठराईका प्रमुख बद्री सेढार्इंले बताउनुभयो ।
अहिले म्याङलुङ–वसन्तपुर, म्याङलुङ– पोक्लाबाङ, सिधुवा–शुक्रबारे, म्याङलुङ सम्दु, जिरिखिम्ती– मोराहाङ, संक्रान्ति–खाम्लालुङ, सक्रान्ति–थोक्लुङ, औँशीडाँडा–थोक्लुङ सडक सञ्चालन भएका छन् । (रासस)
Comments
अरु समाचार
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दुई देशका सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुबै...
-
आज विश्व पर्यटन दिवस: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...