ताजा समाचार

गुल्मीमा १३८ मतदानस्थल कायम

गुल्मी,१२ कात्तिक,।मंसिर २१ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मीमा १३८ मतदान स्थल कायम गरिएको छ ।

आगामि हुने निर्वाचनका लागि पनि अघिल्लो पटक भएको स्थानीय तह निर्वाचनकै मतदान स्थललाई नै कायम गरिएको छ ।

२ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा जिल्ला भर २५१ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा २४० वटा मतदान केन्द्र कायम थिए ।

यसैबीच निर्वाचन शिक्षा प्रभावकारी बनाउन जिल्लामा २५१ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयसेवकहरु सिफारिस गर्ने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org