ताजा समाचार

ट्रक रुखमा ठोकिँदा चार जना घाइते

दाङ, १२ कात्तिक । यहाँ आज ट्रक रुखमा ठोकिँदा चार जना घाइते भएका छन् । पोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ग १ ख ६२४८ नं को ट्रक तुलसीपुर उपमहानगरपालिका– ७ पर्सेनीमा दुर्घटना हँुदा चालकसहित ट्रकमा सवार चारै जना घाइते भएको प्रहरीले जनाएको छ । ट्रक रुखमा ठोक्किएर नालामा पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

उनीहरुलाई हात र खुट्टामा चोट लागेको छ । ट्रकमा च्यापिएका घाइतेलाई डोजर लगाई उद्धार गरिएको थियो । दुर्घटनामा नवलपरासी अरुण खोला– २ बस्ने २० वर्षीय मोहनलाल देवकोटा गम्भीर घाइते भएका छन् । घाइतेलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा सिफारिस गरिएको प्रहरीले जनाएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org